इथियोपियाको जहाज दुर्घटनाबाट जाेगिएका भाग्यमानी ग्रिसेली नागरिक !

 फागुन २७, २०७५ सोमबार १५:४४:५५ | एजेन्सी
unn.prixa.net

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको जहाज केही बेरमै दुर्घटना भयो । जहाजमा १ सय ४९ यात्रुसहित चालक दलका आठ जना सदस्य थिए । 

दुर्घटनामा परि  विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी), इथियोपियामा कार्यरत नेपाली युवती एकता अधिकारीकाे पनि ज्यान गएकाे छ ।

दुर्घटनामा परेर सबैको घटनास्थलमै ज्यान गयो । तर ग्रीसका एक जना यात्री धेरै भाग्यमानी थिए जो यो दुर्घटनाबाट बाँच्न सफल भए । एन्टोनिस मावरोपालोस यस विमानका १ सय ५० औं यात्री थिए । एयरपोर्टमा दुई मिनेट ढिलो भएका कारण उनले त्यतिबेला त आफैलाई सरापेका थिए तर पछि भने आफू भाग्यमानी भएको भन्दै फेसबुकमा स्टाटस लेखे ।

मावरोपोलोसले फेसबुकमा लेखेका छन्, ‘मेरो भाग्यमानी दिन’ भन्दै एक स्टाटस लेखेका छन्, ‘त्यो दिन म एकदमै तनावमा थिएँ, किनकी समयमै गेटमा पुग्नको लागि कसैले पनि मलाई सहयोग गरेका थिएनन्, र मेराे फ्लाइट छुट्न गयाे ।’

उनले फेसबुकमा आफ्नो टिकटको फोटो खिचेर पनि शेयर गरेका छन् । एथेन्स समाचार एजेन्सीका अनुसार मावरोपोलोस एक गैर नाफामूलक संगठनमा अन्तर्राष्ट्रिय सोलिड वेस्ट एसोसिएशनका अध्यक्ष हुन् । 

उनी संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक सभामा भाग लिन नैरोबी जान लागेका थिए । तर उनी प्रस्थान गेट बन्द भएको कारण दुई मिनेट पछि मात्र त्यहाँ पुगे र विमानमा जान पाएनन् । उनले पछिको उडानको लागि पनि अर्को टिकट बुक गरे तर त्यहाँका कर्मचारीले उनलाई यात्रामा राेक लगाए । 

मावरोपोलोसले आफ्नो पोस्टमा भनेका छन्, ‘एयरपाेर्टका अधिकारीहरुले मलाई एयरपोर्टको प्रहरी चौकीसम्म लिएर गए र मलाई विरोध नगर बरु भगवानलाई धन्यवाद देउ भने । किनकी म मात्रै एक यात्री थिएँ जो ईटी ३०२ को उडानमा चढ्न पाएको थिइन । जुन विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।'  

यी ग्रिसेली नागरिकले विमान दुर्घटनाकाे खबर सुनेपछि आफू भावूक भएको बताएका छन् ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया