ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछापमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् ।
जंगलबाट सुरु भएको आगो नियन्त्रण गर्न नसक्दा ठूलाछापको चुहानछाप गाउँमा पसेको स्थानीय नागरिकले बताए । आगलागीमा नरेन्द्र कार्की, प्रेम कार्की, ढकबहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का र ढुलबहादुर कार्कीको घर तथा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । त्यस्तै शमशेरबहादुर कार्कीको मतान जलेको प्रहरीले जनाएको छ ।
गोविन्द खड्काको निजी वनबाट सुरु भएको आगो निभाउन नसक्दा बस्तीमा पसेको हो । आगो निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । उहाँले आगो निभाउन पानी नहुँदा समस्या आएको पनि बताउनुभयो । आगो निभाउनका लागि दमकल पठाइए पनि बाटो साँगुरो भएकाले समयमै पुग्न नसकेको न्यौपानेको भनाइ छ ।
खाद्यान्न, त्रिपाल, पानीलगायतका वस्तु समेत पीडितहरुलाई उपलब्ध गराउन पहल भइरहेको प्रहरीले जनाएको छ । घर जलिसकेपछि आगो निभाइएको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले सुरक्षाकर्मी पुग्न ढिलाइ भएको थियो ।
आगलागीबाट ६ परिवारका घरसहित सम्पूर्ण धनमाल नष्ट भएको स्थानीय गेजराज श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको एकिन नभएपनि ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै मोलुङ गाउँपालिका वडा नंं ७ र ८ मा रहेको सरकारी वनमा फैलिएको आगलागी अझै निभाउन सकिएको छैन । तीनदिनदेखि सुरु भएको आगोले सयौं हेक्टर सरकारी, सामुदायिक र निजी वन सखाप भएको मोलुङ गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो ।
वन कार्यालय, तथा अन्य सरकारी नियकाले आगो नियन्त्रणमा चासो नदिएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार दुई जना प्रहरी मात्रै अहिलेसम्म आगो नियन्त्रका लागि पुगेका छन् । अहिले पनि भीषण आगलागी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।