आईएसमा गएका मलेसियनहरु घर फर्किन पाउने

 फागुन २९, २०७५ बुधबार १९:२:३४ | एजेन्सी
unn.prixa.net

सिरियामा आईएसमा भर्ति हुन आफ्नो देश छोडेर गएका मलेसियन नागरिकहरु फेरि स्वदेश फर्किन पाउने भएका छन् । तिनीहरुलाई निरीक्षण र पुन:स्थापना गर्ने गरी मलेसियाकाे सरकारले कार्यक्रमकाे तयारी गरिरहेको छ ।

अलजजीराले बताएअनुसार सरकारले मनोविज्ञबाट प्रत्येक लडाकुमाथि परीक्षण र अनुसन्धान गर्नेगरी कानुन बनाइनुपर्ने हुन्छ । उनीहरुको आदर्श र मानसिक अवस्था बुझ्नुपर्ने हुन्छ । 

यो पनि बताइएको छ कि, हिरासतमा लगिएका लडाकुहरुलाई एक महिनासम्मको सरकारी पुन:स्थापना  केन्द्रमा राखेर उनीहरुको सबै क्रियाकलापको निरीक्षण पनि गरिनेछ । साथै  उनीहरुमाथि केरकार गरिनेछ तर बन्दी भने बनाइने छैन ।

मिडियासँग बोल्दै आतंकवाद प्रतिरक्षा शाखाका प्रमुख दातुक अयोब खानले भनेका छन्, ‘हामीहरु वैदेशिक सहायताबाट प्राप्त बाैद्धिकतासँग तुलना गर्नेछौँ । यदि फर्किएकाहरु आईएसमा सहभागी भएको प्रमाण फेला परेमा उनीहरुलाई अदालतमा उभ्याइने छ ।’

डीसीपी आयोबले बताएअनुसार १७ बच्चासहित जम्मा ५१ जना मलेसियनहरु सिरियामा रहेका छन् । उनले सिरियाबाट आएकाहरुले मलेसियामा आक्रमण गर्ने नगर्ने पक्का गर्नुपर्ने बताएका छन् ।

उनले भनेका विभिन्न क्षेत्रमा अनुभव बटुलेका विज्ञहरुले कार्यक्रमको सञ्चालन गर्नेछन् । त्यसमा इस्लामिक स्टेटका धर्मगुरु, र प्रहरी अधिकारी पनि रहनेछन् । यस्तै सन २००१ देखि २०१२ सम्म गरेका यस्तै पुन:स्थापना कार्यक्रमबाट सहभागी गराएका मध्ये ९७ प्रतिशत सफल भएको बताएका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया