शिकार खोज्दै आएकाे स्याल उल्टै फन्दामा, कुखुराले नै ठुँगेर मारे

 फागुन २९, २०७५ बुधबार १९:४२:४५ | एजेन्सी
unn.prixa.net

चतुर फ्याउरोले कुखुरालाई फकाएर आफ्नो गुफाभित्र लगेर उनीहरुलाई खाएको कथा त सबैले पढेकै छ होला । हाम्रो गाउँ टोलमा पनि स्यालले कुखुरा खाएको नै हेर्न र सुन्न मिल्छ । तर फ्रान्समा भने कथाले अर्कै रुप लिएको छ, अर्थात कुखुराहरु मिलेर स्याललाई मारेका छन् । 

फ्रान्सको एक कृषि स्कुलका विद्यार्थीहरुले जब कुखुरा फार्ममा लगाएको तारबारमा एउटा स्याल मरेको देखे उनीहरु अचम्म परे । घाम डुब्नेबेला स्याल कुखुराको खोरभित्र पसेको र प्रकाश नियन्त्रित ढोका भएकाले घाम डुब्नेबित्तिकै ढोका पनि बन्द हुँदा स्याल भित्रै थुनिएको हुनसक्ने कुखुरा फार्मका प्रमुख पास्कल डेनियलले बताएका छन् ।

उनले बताएअनुसार आएको स्याल खोरभित्रै बन्द भएको र यसको मौका कुखुराले लुटेकाे हाे । 

स्याल खोरभित्र थुनिएपछि कुखुराको बथानले उमाथि ठुँगेर आक्रमाण गरेका थिए र मारेका थिए । यो यस्तो पहिलो घटना भने होइन । सन २०१० सालमा पनि एसेक्सको बासिल्डेनमा ल्याजी, पोङुगो र पेकी नाम गरेका तीन ओटा कुखुराले ठूलो स्थानीय भालेको सहायतामा स्याललाई मारेका थिए ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया