इथियोपिया विमान दुर्घटना : बोइङ ७३७ म्याक्सका सबै विमान 'ग्राउण्डेड'

 फागुन ३०, २०७५ बिहीबार ९:४४:५१ | एजेन्सी
unn.prixa.net

अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स मोडलका सबै ३७१ विमानको सेवामा रोक लगाएको छ । 

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको विषयलाई लिएर बोइङले सबै विमान तत्कालका लागि रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विमानसम्बन्धी अनुसन्धानमा पत्ता लगाइएको नायाँ सबुत र स्याटेलाइटबाट प्राप्त नयाँ डाटाको आधारमा विमान ग्राउण्डेड गर्ने निर्णय गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले बताएको छ । 

दुर्घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको र यसका लागि अनुसन्धानकर्ताहरुसँग सहकार्य भइरहेको विमान निर्माता कम्पनी बोइङका अध्यक्ष तथा कार्यकारी प्रमुख डेनिस मुइलेनबर्गले बताएका छन् । 

गएको आइतबार आदिसअबाबाबाट केन्याको नैरोवीका लागि उडेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गएको वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै ज्यान गएको थियो । 

पाँच महिनाको अन्तरालामा नै एकै मोडलको जहाज दुर्घटनामा परेपछि सुरक्षाको कारण देखाउँदै विभिन्न वायुसेवा कम्पनीले यसअघि नै बोइङ–७३७ म्याक्स ८ विमान उडानमा रोक लगाएका थिए ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया