खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मान्छेका इच्छा पनि थरिथरिका हुन्छन् । १०४ वर्षकी एन ब्रोकनब्रो नाम गरेकी एक बेलायती वृद्ध महिलाले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरिन् । उनले आफूले अहिलेसम्म कानुनकाे उलङ्घन नगरेको भन्दै यसको अनुभव कस्तो हुन्छ भनेर जान्न चाहेको बताइन् ।
प्रहरी पनि ती वृद्धाको यो चाहनासँग सहमत भएका छन् । प्रहरीले एन ब्रोकनब्रोलाई अर्को हप्ता पक्राउ गर्ने बताएका छन् । त्यसपछि उनलाई कारागारमा राखिनेछ । त्यो उनको जीवनकै पहिलो अनुभव हुनेछ ।
ब्रोकनब्रो आफू अवकाश पाउनुभन्दा अगाडि एक कम्पनीमा सेक्रेटरीकाे काम गर्थिन् । एउटा संस्थाले आयोजना गरेको च्यारिटीमा वृद्धहरुलाई आफ्नो जीवनको आखिरी इच्छा के हो भनेर भर्न लगाइएको थियो । त्यसमा उनले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरेकी थिइन् ।
इच्छा लेखिएको कागजको स्लिप नजिकैको कोअपरेटिभ स्टोर नजिकै कपडा झुण्ड्याउने डोरीमा लगेर झण्डाइदिएका थिए । त्यहाँको खरिदारले उनको यो इच्छालाई देखेर पूरा गर्नमा कसैले सहयोग गरिदेला भनेर उनीहरुले यस्तो गरेका थिए ।
उनलेआफूले लेखेको इच्छापत्र पढ्दै भनिन्, ‘मलाई पक्राउ गरियोस् भन्ने मेरो चाहना हो । मेरो उमेर १०४ वर्ष भइसक्यो तर पनि म कहिल्यै कानुनको विपरीत गएकी छैन ।’ स्टोक बिसोपका स्थानीय प्रहरीले ब्रोकनब्रोको यस्तो चाहना पूरा गर्न पाउँदा आफूहरु खुशी भएको बताएका छन् ।
विसिङ वासिङ लाइन प्रोजेक्ट हरेक वर्षको मार्च १ मा ब्रिस्टोलमा आयोजना हुने गर्छ । यसमा वृद्धवृद्धाहरुले आफ्नाे इच्छा व्यक्त गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।