कतार विश्वकप २०२२ : सहभागी सहभागी देशकाे संख्या ४८ पुर्‍याइयाे, ओमान र कुवेतमध्ये एक सह-आयाेजक हुने

 चैत २, २०७५ शनिबार ६:२७:४ | एजेन्सी
unn.prixa.net

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशकाे संख्या ४८ पुर्‍याइएकाे छ ।अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीकाे बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्‍याउने  निर्णय गरेको हाे।

फिफा अध्यक्ष जियानी इन्फान्तिनाे

यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह-आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएकाे छ ।

अमेरिकी देशमा हुने लागेकाे सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेकाे छ । यसपटककाे विश्वकप नाेभेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछ  । अब सहभागी देशकाे संख्या बढेपछि प्रतियाेगिताकाे मिति पनि लम्बिएकाे छ ।

यसअघि फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएकोमा अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले क्लब विश्वकपमा सहभागी टिमकाे संख्या २४ पुर्‍याउने भएकाे छ । युराेपियन क्लबले बहिष्कार गर्ने चेतावनी गरिरहेका बेला फिफाले भने २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमकाे संख्या २४ पुर्‍याएकाे हाे ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया