धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण जितेका छन्।
नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो पहिलो पटक हो। हङकङमा भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जित्न सफल भएका हुन् ।
उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारे। अमितलाई अजितले ६ सेकेन्डले पछि पार्न सफल भए । अमितले निर्धारित दूरी ८ मिनेट ३६ दशमलव ३४ सेकेन्डमा पार गरे भने तेस्रो भएका यमनका हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।
एसियाली युथ एथलेटिक्समा ४० इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ, जसमा अहिलेसम्म सबैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जापानले ६, चाइनिज ताइपेइले ३, कजाख्स्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण हात पारेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।