देशभर मनसुन सक्रिय हुँदै, धेरै ठाउँमा वर्षा

 असार १२, २०७५ मंगलबार ७:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देशभर मनुसुन सक्रिय हुन थालेको छ । अब देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय हुने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

सिमरा, पोखरा, गोरखा, भैरहवा, काठमाडौं लगायत ठाउँमा जमिन भिज्ने गरी पानी परेको मौसमविद्ले बताएका छन् ।  मौसमवि सुवास रिमालका अनुसार आज देशभर मौसम बदली भएको छ । भोलि पनि मौसम यस्तै रहने अनुमान गरिएको मौसमविद् रिमालले बताउनुभयो  । 

यो वर्ष मनुसुन समयमा नै सुरु भए पनि पश्चिमी वायूको प्रभावका कारण सक्रिय हुन समय लागेको थियो । पछिल्लो २४ घण्टामा पोखरामा धेरै वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरामा ६७ दशमलव ५ मिलिमिटर पानी परेको छ । 

यस्तै दीपायल, ओखलढुंगा, ताप्लेजुङ, धनकुटालगायत ठाउँमा पनि पानी परेको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा नदी आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया