खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतीय जनता पार्टीका नेता तथा गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ । अग्नाशय क्यानसरका पीडित पर्रिकरको आफ्नै निवासमा आइतबार निधन भएको हो ।
राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पर्रिकर गोवाका आधुनिक नेता र उनको फैसलाले भारतीय रक्षा क्षमता बढाउन मद्दत पुगेको भनी उल्लेख गरेका छन् ।
सोमबार दिउँसो ११ बजे मुख्यमन्त्री पर्रिकरलाई केन्द्रीय मन्त्रीस्तरीय बैठकमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । केन्द्र सरकारले पनि पर्रिकरको निधनलाई लिएर सोमबार राष्ट्रिय शोकको घोषणा गरेको छ । विभिन्न राजनीतिज्ञदेखि लिएर कलाकारहरुले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
पर्रिकरले सन् २०१४ देखि २०१७ सम्म रक्षामन्त्रीको पद सम्हालेका थिए । उनकै कार्यकालमा भारतीय सेनाले पीओके (पाकिस्तानले काश्मिरमा कब्जा गरेको क्षेत्र)मा सर्जिकल स्ट्राइक गरेको थियो । उनी रक्षामन्त्री रहँदा नै ‘वान रेंक वन पेन्शन’ स्कीम पनि लागू भएको थियो । उनी ४ पटकसम्म मुख्यमन्त्री भइसकेका छन् ।
पर्रिकरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भाजपाको पार्टी कार्यालयमा राखिने छ । कम्पालको एसएजी मैदानमा साँझ ५ बजे पर्रिकरको अन्तिम संस्कार हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।