नेदरल्याण्ड्समा ट्रलीबसभित्रै फायरिङ : एक जनाकाे ज्यान गयो

 चैत ४, २०७५ सोमबार १९:४:४४ | एजेन्सी
unn.prixa.net

नेदरल्याण्डकाे यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गाेली चलाउँदा  एक जनाको ज्यान गएको छ ।

प्रहरीले अहिले त्यो क्षत्रलाई आफ्नो घेरामा लिएका छन् । राहतकर्मीहरु घटनास्थलमा पुगीसकेका छन् । सरकारी अधिकारीले बन्दुकधारी अहिले पनि निस्फिक्री घुमिरहेको बताएका छन् ।

आतंकनिरोधी प्रहरीले यसलाई आतंकवादी घटना जस्तै भएको बताएका छन् । नेदरल्याण्डको आतंकवाद निरोधी संगठनका समन्वयकर्ता स्थानीय प्रशासनको सम्पर्कमा छन् । र सहरमा उच्चस्तरीय खतरा घोषित गरिएको छ ।

प्रहरीले स्थानीयहरुलाई सडकमा नआउन आग्रह गरिरहेका छन् । यसका साथै सर्वसाधारणलाई घरमै रहन र विद्यालयको झ्यालढोका बन्द गर्न आदेश दिएको छ । अहिले यूट्रेख्ट सेन्ट्रल रेलवेबाट ट्रेनको आवतजावतलाई पनि बन्द गरिएको छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेले यस घटनाबाट आफू मर्माहित भएको बताएका छन् । उनले पूर्वनिर्धारित आफ्ना सबै कार्यक्रमहरु रद्ध गर्न लगाएका छन् ।

कतिबेला भयो यस्तो हमला ?

प्रहरीका अनुसार गोलीकाण्डको यो घटना स्थानीय समयअनुसार बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । यस घटनाका एक जना प्रत्यक्षदर्शीले एक व्यक्तिले अचानक फायरिङ गर्न सुरु गरेको बताएका छन् । 

यस्तै एकजना घाइते महिलालाई सहयोग गरिरहेका एक व्यक्तिले भनेका छन्, ‘जब मैले रगतले लतपतिएकी महिलालाई देखेँ, तब मैले उनलाई अस्पताल लग्नकोलागि उठाएर कारमा राख्नै खोज्दा प्रहरी आइपुगे । त्यतिबेलासम्म  उनी बेहोस भइसकेकी थिइन् ।’


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया