चलचित्र यात्रा 'अ म्युजिकल भ्लग'काे हाेली प्रि-सेलिब्रेशन

 चैत ५, २०७५ मंगलबार २०:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिल्म यात्रा 'अ म्युजिकल भ्लग' टिमले मंगलबार रङ्गहरुको पर्व होलीकाे प्रि-सेलिब्रेशन गरेको छ ।

चैत २९ गते रिलिज हुने फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ युनिटले एक-आपसमा रङ लगाएर होली मनाएका हाे । 

यस चलचित्रका अभिनेता सलिनमान बनियाँसँगै डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । 

होलीलाई प्रि सेलिब्रेट गरेको यात्रा टिमले आउँदो बुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होली मनाउने गर्ने पनि जनाएको छ । नयाँ बानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए । ‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छाैँ', उनले भने ।

यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिनमान पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाई मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छुँ’ उनले भने, ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउँदैछु, विभिन्न स्थानमा पुग्दैछु ।’

फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धी राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।

यस फिल्ममा विदेशी कलाकारहरु चीनका जुनझाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बाल कलाकारको रुपमा पछिल्लो समय यूट्यूब चर्चामा  रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया