२०२३ मा हुने फिफा महिला विश्वकपकाे आयाेजनाका लागि ९ देशकाे दाबेदारी

 चैत ५, २०७५ मंगलबार १८:३६:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर- फिफा डट कम

सन् २०२३ मा हुने फिफा महिला विश्वकप आयोजना गर्नका लागि नौवटा देशले दाबेदारिता प्रस्तुत गरेका छन् । एउटा प्रतियोगिताका लागि यति धेरै देशको दाबेदारिता आएको पहिलो पटक हो ।

दक्षिण अमेरिकाबाट मात्रै चारवटा देशले दाबी गरेका छन् । दक्षिण अमेरिकी देशहरुमा अर्जेन्टिना, बोलिभिया, ब्राजिल र कोलम्बियाले फिफासमक्ष दाबेदारिता पेश गरिसकेका छन् ।

एसियाबाट जापान र अष्ट्रेलिया आयोजना गर्ने दाबी गरेका छन् । न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले पनि दाबेदारिता पेश गरेका छन् । दक्षिण र उत्तर कोरियाले पनि संयुक्त रुपमा आयोजना गर्नका लागि निवेदन दिने बुझिएको छ ।

दाबेदारिताका लागि निवेदन दिने समय अप्रिल १६ सम्म रहनेछ । 

‘फिफाले निष्पक्ष रुपमा प्रक्रिया चलाउनेछ र सबै सम्भाव्यता अध्यत गरेपछि मतदानका आधारमा आयोजक तोक्नेछ’, विज्ञप्तिमा फिफाले भनेको छ । 

यो वर्षको महिला विश्वकप भने ७ जुनदेखि ७ जुलाइसम्म फ्रान्समा हुनेछ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया