खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईईयू) ले गरेको सर्वेक्षणमा पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका हुन् । विश्वका १३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा यी तीन शहर विश्वकै सबैभन्दा महङ्गो शहर पाइएको हो ।
अघिल्लो वर्ष भएको सर्वेक्षणमा शीर्ष १० शहरमा युरोपका चार शहर समावेश रहेका थिए । जसमा पेरिस दोस्रो नम्बरमा थियो ।
इकोनोमिस्टको तीस वर्षको इतिहासमा पहिलोपटक यी तीनवटा सहर एकैसाथ शीर्ष स्थानमा आउन सफल भएको रिपोर्टमा बताइएको छ ।
विश्वका १३३ शहरमा वस्तु तथा सेवाहरुको मूल्य तुलना गरि यो सूची निर्धारण गर्ने गरिएको छ । सर्वेक्षणको क्रममा साधारण खाद्य वस्तु जस्तै ब्रेडको मूल्य निरीक्षण गरिन्छ भने पछिल्लो वर्षको तुलनामा यी सहरमा बस्दाको लागतलाई न्युयोर्कसँग तुलना गरी महंगो र सस्तो छुट्याइन्छ ।
दुनियाको सबैभन्दा महंगा शहर
१. सिंगापुर (सिंगापुर)
२. पेरिस (फ्रान्स)
३. हङकङ (चीन)
४. ज्यूरिख (स्विट्जरल्याण्ड)
५. जेनेवा (स्विट्जरल्याण्ड)
६. ओसाका (जापान)
७. सिओल (दक्षिण कोरिया)
८. कोपेनहेगन (डेनमार्क)
९. न्यूओर्क (अमेरिका)
१०. तेल अवीव (इजरायल)
११. लस एञ्जलस (अमेरिका)
सबैभन्दा सस्तो सहरहरुको सूचीमा भने यसपटक अप्रत्यासित बदलाव देखा परेको छ । राजनीतिक स्थिरता र मुद्रामा भएको उतारचढावका कारण नै यसपटक अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाका सहर सबैभन्दा सस्तोमा पर्न पुगेका हुन् ।
सस्तो शहर
१. काराकस (भेनेजुएला)
२. दमाकस (सीरिया)
३. ताशकंद (उज्वेकिस्तान)
४. अलमाती (काजखस्तान)
५. बेंगलुरू (भारत)
६. कराची (पाकिस्तान)
७. लागोस (नाइजेरिया)
८. ब्यूनस आयर्स (अर्जेन्टीना)
९. चेन्नई (भारत)
१०.दिल्ली (भारत)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।