‘लप्पन छप्पन’ काे सिक्वेल बन्ने, वर्षा शिवाकाेटीकाे सट्टा विदेशी नायिका लिइने

 चैत ११, २०७५ सोमबार १५:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल निर्माण हुने भएको छ । सिक्वेललाई मुकुन्द भट्टले निर्देशन गर्ने पक्का भएको छ । 

चलचित्र ‘लप्पन छप्पन’ मा काम गरेका प्रायः कलाकारहरु नै सिक्वेलमा दोहोरिने बुझिएको छ ।

चलचित्रको नाम पनि ‘लप्पन छप्पन २’ राखिएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा दोहोरिने पक्का भएको छ । यस चलचित्रमा अभिनेतृ वर्षा सिवाकोटी भने नरहने बताइएको छ । 

उनको स्थानमा मिस नेदरल्याण्डस्की सेकेण्ड रनर अप केरोलिन कोलिन्डाले काम गर्ने पक्का भएको छ । 

चलचित्रमा अभिनेता अनुपविक्रम शाही, देव कुमार, सुरविना कार्की, सृजना सिनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्न लागेको चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट र दिपक आरजेको संगीत रहनेछ ।

चलचित्र ‘लप्पन छप्पन २’ लाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेको रहनेछ ।

पुरुषोत्तमको छायांकन रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । 

अन्तिम अपडेट: चैत २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया