थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्ग...
चैत २८, २०८१ बिहिबार
बलिउड अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा गरेकी छिन् ।
कंगना रनावतलाई यस फिल्मका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यससँगै अभिनेत्री कंगना रनावत बलिउड फिल्म उद्योगकै महंगी अभिनेत्री बनेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माताहरुलाई कंगनामाथि पूर्ण विश्वास भएका कारण उनलाई यति धेरै पारिश्रमिक दिनमा कुनै पनि आपत्ति नरहेको बताइएकाे छ ।
यस अघिका ‘तनु वेड्स मनु’ र ‘क्वीन’ जस्ता फिल्म हिट भएसँगै कंगनाले आफ्नो पारिश्रमिक ११ करोड पुर्याएकी थिइन् । तर त्यसपछिका फिल्म ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि पारिश्रमिक घटाएकी कंगनाले भर्खरै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ हिट भएपछि फेरि पारिश्रमिक बढाएकी हुन् । बलिउडमा पहिलो पटक एउटा फिल्मका लागि कुनै अभिनेत्रीलाई २४ करोड रुपैयाँ पारिश्रमिक दिइँदैछ ।
यस अघि अभिनेत्री दीपिका पादुकोणलाई फिल्म ‘पद्मावत’ का लागि १३ करोड रुपैयाँ दिइएको थियो । यस्तै अभिनेत्री करीना कपूर खानले फिल्म ‘विरे दी वेडीङ’ का लागि ७ करोड रुपैयाँ लिएकी थिइन् भने अहिले उनले आफ्नो पारिश्रमिक बढाएर १० करोड पुर्याएकी छिन् । यस्तै हलिउडमा समेत पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले ६ करोड रुपैयाँ मात्रै लिएकी छिन् ।
तामिल तथा बलिउड फिल्मकी अभिनेत्री समेत रहिसकेकी जया ललिताको जीवनमा आधारित फिल्म ‘जया’ को निर्देशन एएल विजयले गर्नेछन । यस फिल्मको स्क्रिप्ट ‘बाहुबली’ र ‘मणिकर्णिका’ को कहानी लेखिसकेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन् ।
यस फिल्मका लागि कंगना भन्दा अभि अभिनेत्री विद्या वालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । तर अन्त्यमा अभिनेत्री कंगना रनावतले बाजी मारेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।