२८ दिनपछि खोल्यो पाकिस्तानले एयरस्पेस

 चैत १३, २०७५ बुधबार १७:३७:४४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले २८ दिनपछि अन्तर्राष्ट्रिय र घरेलु उडानका लागि आफ्नो एयरस्पेस खुला गरेको छ । भारतसँग तनाव बढ्दै गएपछि पाकिस्तानले आफ्नो हवाई सीमा यात्री विमानको लागि बन्द गरेको थियो । 

पाकिस्तानले आज अर्थात् २७ मार्चबाट आफ्नो बन्द एयरस्पेस यात्री र विमानका लागि खोलेको छ । अब पाकिस्तानको सबै हवाई अड्डाबाट घरेलु र अन्तर्राष्ट्रिय फ्लाइटले उडान भर्न सक्नेछन् । तर ट्रान्जिट फ्लाइटका उडानमा भने रोक कायम नै छ । सुरक्षाको कारण देखाउँदै बैङ्कक, क्वलालाम्पुर र नयाँ दिल्लीका उडान पनि सुचारु गरिएको छैन । 

गएको फेब्रुअरी १४ भारतीय काश्मिरको पुलवामा जिल्लामा सुरक्षा बलमाथि भएको आत्मघाती हमलापछि भारत र पाकिस्तानबीच विवाद उत्पन्न भएको थियो । 

पाकिस्तानको एयरस्पेस बन्द भएपछि यूरोप र अमेरिका भएर भारत आउने दर्जनौँ उडान प्रभावित भएका थिए । पाकिस्तानको एयरस्पेस भएर यूरोपबाट भारतको रुट छोटो र किफायती हो । यो रुट बन्द भएपछि धेरै एयरलाइन्स कम्पनीले आर्थिक नोक्सान बेहोरेका थिए । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया