म्यानचेस्टर युनाइटेडकाे स्थायी प्रशिक्षकमा ओले गुनर साेल्सायर नियुक्त

 चैत १४, २०७५ बिहीबार १७:३:१८ | एजेन्सी
unn.prixa.net

ओले गुनर सोल्सायरलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्थायी रुपमा प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

म्यानचेस्टर युनाइटेडले सोल्सायरलाई तीन वर्षका लागि नियुक्त गरेको हो । उनले अन्तरिम प्रशिक्षकको रुपमा डिसेम्बरदेखि म्यानचेस्टर युनाइटेडको टिम सम्हालेका थिए ।

जोसे माउरिन्होलाई बर्खास्त गरेपछि ओले गुनर वल्ड ट्राफोडमा म्यान्यूको टिम सम्हाल्न आएका थिए । १९९९मा भएको च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका सोल्सायरले खेलाडी जीवनको रुपमा ११ वर्ष म्यान्यूमा बिताएका थिए ।

स्थायी रुपमा प्रशिक्षक नियुक्त भएपछि सायरले आफूले लामो समय देखि म्यान्यूको नेतृत्व गर्ने सपना देखेको र त्यो पूरा भएको बताएका छन् ।

अन्तरिम प्रशिक्षकमा नियुक्त भए देखि म्यान्यूले प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएकोे छ । उनले क्लब सम्हाल्दा म्यान्यू छैटौं स्थानमा रहँदा शीर्ष चारमा पर्ने टिम भन्दा ११ अंकले पछि परेको थियो ।

उनले टिम सम्हाले पछि प्रिमियर लिगमा म्यान्यूले खेलेका १३ मध्ये १ खेलमा मात्रै पराजय भोगेको छ । तालिकाको पाँचौ स्थानमा रहेको म्यान्यू चौथो स्थानको आर्सनल भन्दा २ अंकले मात्रै पछि परेको छ 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया