ब्रुनाइमा समलिंगी सम्बन्धमा रहेको थाहा पाए ढुंगाले हानी मृत्युदण्ड !

 चैत १५, २०७५ शुक्रबार ११:१६:३ | एजेन्सी
unn.prixa.net

ब्रुनाइमा एक नयाँ कानुन बनेको छ । नयाँ कानुन अनुसार समलिंगी सम्बन्धमा रहेको पत्ता लागेमा उनीहरुलाई ढुंगाले हानी मृत्युदण्ड दिइनेछ ।

सन् २०१४ मा नै यो देशमा समलिंगी सम्बन्धमा प्रतिबन्ध लगाइएको थियो । अब यस्तो सम्बन्धमा रहनेलाई ढुंगाले हानेर मार्ने कानुन बनेको छ । ब्रुनइका सुल्तानले यो आदेश दिएका हुन् । तर यो फैसलाको विरोध भैरहेको छ । 

समलिंगीलाई ढुंगाले हानेर मार्ने कानुन ३ अप्रिलदेखि लागू हुनेछ । यसका साथै अर्को नयाँ कानुन पनि यसै दिनदेखि लागू गरिनेछ, जसमा चोरीको आरोप सावित भएपछि दोषीको हात अथवा खुट्टा शरिरबाट अलग गरिनेछ ।  ब्रुनाइमा रक्सी बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ । 

दक्षिण पूर्वी एसियामा रहेको सानो यो देशमा दुई तिहाइभन्दा बढी मुश्लिम रहेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया