युरोपेली स‌ंघबाट बाहिरिने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट तेस्रो पटक अस्वीकृत

 चैत १६, २०७५ शनिबार ६:५२:४६ | एजेन्सी
unn.prixa.net

बेलायती संसदले युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा बेलायत ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत आउँदा विपक्षमा ३ सय ४४ मत परेको थियो ।

प्रधानमन्त्री मेको प्रस्ताव ५८ मतले अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ ।

यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो । तेस्रोपटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि पदबाट राजीनामा दिन दबाब बढेको बीबीसीले जनाएको छ । 

लेबर पार्टीका नेता जेरेमी काेर्बिनले प्रधानमन्त्री मेले तत्काल राजीनामा दिनुपर्ने र ताजा चुनाव हुनुपर्ने माग गर्दै आएका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया