इंग्लिस प्रिमियर लिग : आज ७ खेल हुँदै, म्यानचेस्टर युनाइटेडकाे खेलमा सबैकाे नजर

 चैत १६, २०७५ शनिबार ८:११:४३ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायर

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ वटा खेल हुने भएका छन् ।

नेपाली समय अुनसार साँझ सवा ६ बजे म्यानचेस्टर सिटी र फुलह्याम भिड्दै छन् । दोस्रो स्थानमा रहेको सिटी आजको खेलमा विजयी भए लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

३१ खेलबाट लिभरपुलले ७६अंक जोडेको छ भने एक खेल कम खेलेको सिटीको ७४ अंक रहेको छ । फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ ।

यस्तै आजै राति पानै नौ बजे ५ वटा खेल हुने छन् । ब्राइटन र साउथह्याम्प्टन, बर्नले र उल्भर ह्याम्पटन, क्रिष्टल प्यालेस र हड्ल्स फिल्ड, लेस्टर र बर्नमाउथ तथा म्यानचेस्टर युनाइटेड र वार्टफोर्ड भिडने छन् ।राति सवा १० बजे वेस्टह्याम र एभर्टनको खेल हुने छ । 

आजको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भए आर्सनललाई पछि पार्दै चौथो स्थानमा उक्लने छ । म्यानचेस्टरले ओले गुनर सोल्सायरलाई स्थायी प्रशिक्षक नियुक्त गरेपछि पहिलो खेल खेल्दै छ । अन्तरिम प्रशिक्षक भएयता उत्कृष्ट प्रदर्शन गरेको म्यानचेस्टरले आजको खेलमा कस्तो प्रदर्शन गर्ला सबैले चासोको साथ हेरेका छन् ।

स्थायी प्रशिक्षक नियुक्त भएकै भोलिपल्ट सोल्सायरले खेलाडीहरुले कडा मेहनत गर्नु पर्ने अभिव्यक्ति दिएका कारण पनि आजको खेलको प्रतिक्षा धेरैले गरेका छन् ।

 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया