एसियाली फुटबल महासंघको अध्यक्षमा शेख सलमान निर्विरोध निर्वाचित

 चैत १६, २०७५ शनिबार ९:३४:१८ | एजेन्सी
unn.prixa.net

एसियाली फुटबल महासंघको अध्यक्षमा शेख सलमान निर्विरोध निर्वाचित भएका छन् ।

सन् २०१३ मा पहिलो पटक एएफसीको नेतृत्वमा आएका सलमानले अब २०२३ सम्म एसियाली फुटबल महासंघको बागडोर सम्हाल्नेछन् ।

सलमानको विपक्षमा कतारका साउद अल मोहनदादी र मोहम्मद खालिफान अल रोमइथीले दाबी गरे पनि दुवै जनाले उम्मेद्वारी फिर्ता लिएपछि शेख सलमान दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् ।

एसियाली फुटबल महासंघको निर्वाचन अर्को साता मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।अध्यक्षको दाबी गरेका अल मोहन दादीले विज्ञप्ति जारी शेख सलमानलाई सहयोग गर्ने उल्लेख गरे । ‘एसियालाई आउँदा दिनहरुमा एक सूत्रमा बाँध्दै अघि लैजानेमा विश्वस्त छौं’, विज्ञप्तिमा उल्लेख छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया