ओखलढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत, घाइतेको परिचय खुल्न बाँकी

 चैत १७, २०७५ आइतबार १४:३९:३८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - ओखलढुंगामा भएको जीप दुर्घटनामा परि मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेको उदयपुरको घुर्मिमा रहेकाे आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेको पनि बताइएको छ । 

जीप आइतबार बिहान ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका-७ काे भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।  

अन्तिम अपडेट: चैत ९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया