प्रदेशसभा परिसरमै विद्यार्थीको नाराबाजी

 असार १३, २०७५ बुधबार १८:१६:३० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – आफूहरुको समस्याप्रति स्थानीय प्रशासन र सरकार गम्भीर नभएको भन्दै जानकी मेडिकल कलेजका विद्यार्थीहरुले प्रदेश नम्बर २ प्रदेशसभा परिसरमा नाराबाजी गरेका छन् । 

प्रदेशसभा बैठक बसेको बेला कलेजका विद्यार्थीहरु बुधबार प्रदेशसभा परिसर भित्रै गएर प्रदर्शन गरेका हुन् । दर्जनौको संख्यामा प्रदेशसभा परिसरमा गएका पीडित विद्यार्थीहरुले कलेज सुचारु गर्न माग गर्दै नाराबाजी गरेर प्रदेशसभाभित्र पस्न खोजेपछि स्थानीय प्रहरी र मर्यादापालकले रोकेका थिए ।  

गएको वैशाख २३ गतेदेखि १४ महिनाको तलब र पाँच वर्षको सञ्चय कोषको रकम माग गर्दै साढे ४ सय कर्मचारीहरु कलेज तथा अस्पतालको सम्पूर्ण सेवा ठप्प गरी आन्दोनलमा उत्रेपछि विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।

कर्मचारीको आन्दोलनले कलेज व्यवस्थापन पक्ष समेत फरार भएपछि विद्यार्थीहरु बिचल्लीमा परेका छन् । उनीहरु पठनपाठनको माग गर्दै गएको असार १ गतेदेखि व्यवस्थापक विरुद्ध आन्दोनलमा उत्रेका छन् ।

आफुहरुलाई अन्योलमा छाडेर वेपत्ता भएका व्यवस्थापन पक्षललाई कारबाही गर्न र पठनपाठनको माग गर्दै उनीहरु प्रदेशसभा अगाडि नाराबाजी गरेका छन् । गएको असार ८ गते कलेजमा जडान भएको बिजुलीको लाइन समेत विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाले काटेपछि होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरु झनै समस्यमा परेका छन् ।

होस्टेलमा बसेर पढ्दै गरेका विद्यार्थीहरुलाई खानेपानी, सरसफाई, खानपिनको समस्या भए पनि सरकार र सम्बन्धित निकाय मुकदर्शक भएको गुनासो गर्नुभयो ।

आन्दोलित विद्यार्थी र कर्मचारीहरु संयुक्त रुपमा प्रदेश २ सरकारलाई समेत समस्या समाधानका लागि गुहार गरेका थिए ।  प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र आन्त्रिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कलेजको समस्या समाधानका लागि डेलिगेशन पुगेर ज्ञापन पत्र समेत बुझाएका थिए ।

व्यवस्थापन पक्षले समेत कर्मचारीको तलबभत्ता भुक्तानी गरेर विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्ने आश्वासन समेत दिएको थियो । तर पछि व्यवस्थापन पक्ष नै फरार भएपछि विद्यार्थीहरु संकटमा परेका छन् भने प्रदेश सरकारले समेत केही गर्न सकेका छैनन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया