प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
भारतीय राजनीतिमा कुनै बेला हस्ती रहेका लालुप्रसाद यादवका जेठा छोरा तेजप्रताप यादवले सोमबार पटनामा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी खोलेको घोषणा गरेका छन् ।
उनले त्यस पार्टीकोे नाम 'लालु-राबडी मोर्चा' राखेका छन् । साथै उनले जहानबाद र शिवहरबाट आफ्ना उम्मेद्वार उठाउने घोषणा पनि गरे । शिवहरबाट अंगेश कुमार र जहानाबादबाट चन्द्र प्रकाश आफ्नो मोर्चाका उम्मेद्वार हुने उनले बताए ।
उनले सारण क्षेत्रमा लालुको पारम्पारिक सिट रहँदै आएको भन्दै त्यहाँबाट आफ्नी आमा राबडी देवीलाई त्यहाँबाट चुनाव लड्न अनुरोध गरेका छन् । उनले त्यहाँबाट आफ्नी आमाले चुनाव नलडे आफू स्वं त्यहाँको चुनावी मैदानमा उत्रिने पनि बताए ।
सारणबाट आरजेडीले तेज प्रतापका ससुरा चन्द्रिका रायलाई उम्मेद्वार बनाएका छन् । तर आरजेडीसँग अलग भएकोबारे तेजप्रतापसँग पत्रकारले प्रश्न सोध्दा उनले आरजेडी र लालुराबडी मोर्चा एउटै भएको र तेजस्वी त्यो मोर्चाको अर्जुन भएको बताएका छन् ।
तेजप्रताप र तेजस्वीको उमेरको अन्तर एक वर्षको मात्र छ । तेजप्रताप ३० वर्षका भए भने तेजस्वी २९ वर्षका भए । लालुप्रसाद यादवले आफ्ना यी दुइटै छोरालाई सन् २०१३ को पटना परिवर्तन र्यालीमा उतारेर राजनीतिमा प्रवेश गराएका थिए ।
सन् २०१५ को बिहार विधानसभा चुनावमा तेजस्वी र तेज प्रताप दुवै चुनावी मैदानमा उत्रेका थिए र दुइटैले जित हात पारेका थिए । त्यतिबेला तेजस्वी बिहारका उपमुख्यमन्त्री र तेजप्रताप स्वास्थ्यमन्त्री बनेका थिए । लालुको यस निर्णयले तेजप्रताप असन्तुष्ट भएको र त्यतिबेला देखि नै उनीभित्र रिसको ज्वाला दन्केको बताइन्छ ।
लालुप्रसाद यादव जेलमा छन् । दुइटै भाइको सम्बन्ध बिग्रिँदै गइरहेको छ । तेज प्रतापले विद्यार्थी आरजेडीको संरक्षक पदबाट पनि राजीनामा दिइसकेका छन् । आफ्ना निकट व्यक्तिलाई आरजेडी दलको टिकट निदएका कारण उनले यस्तो निर्णय गरेका हुन् ।
तेजस्वी यादवले पत्रकार सम्मेलन गर्दै महाठबन्धन उम्मेद्वारीको घोषणा गरेसँगै सम्बन्ध झनै बिग्रिएको हो । आरजेडीको यस घोषणामा पूर्व मन्त्री चन्द्रिका राय सारणबाट बीजेपीका राजीव प्रतापलाई चुनौती दिने बताइएको छ । तर चन्द्रिका रायको लागि टिकट मिल्नु तेज प्रतापको लागि अर्को झट्का भएको मानिएको छ । तेज प्रतापले आफ्नी श्रीमती ऐश्वर्या रायसँग सम्बन्ध विच्छेदको लागि निवेदन दिएका छन् ।
अहिलेको अवस्थामा तेजस्वी लालुप्रसाद यादवका उत्तराधिकारीका रुपमा उदाउँदै छन् । आरजेडीका एकजना प्रवक्ताका अनुसार तेजस्वी स्वाभाविक उत्तराधिकारीको रुपमा स्थापित भयो भने तेजप्रताप सहन सक्ने छैनन् । उनले भने, ‘उनको मनमा आफू जेठो भएकाले यो अवसर आफूले पाउनुपर्छ भन्ने छ । तर नेतृत्व क्षमता उमेरको आधारमा निर्धारित नहुने कुरालाई उनले बुझ्नुपर्ने हुन्छ । लालुजीले एकदमै विवेकपूर्ण निर्णय गर्नुभएको हो यो कुरालाई उनले स्वीकार्नुपर्ने हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।