जाँड-रक्सी खाएर गाडी चलाएका श्रीलंकाका टेस्ट कप्तान दिमुथ करुनारत्नेलाई जरिबाना

 चैत २१, २०७५ बिहिबार १४:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

जाँड-रक्सी खाएर सवारी चलाएका कारण श्रीलंका टेस्ट टिमका कप्तान दिमुथ करुनारत्नेलाई सात हजार पाँच सय अमेरिकी डलर जरिबाना गराइएको छ ।

करुनारत्नेको एक टेस्टको म्याच फी जरिवाना गराइएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । ‘विश्वकपका लागि तयारी गरिरहेका बेला, यस्तो प्रकारको गतिविधि सह्य हुँदैन,’  श्रीलंका क्रिकेट बोर्डका सचिव मोहन डि सिल्भाले भने ।

विश्वकपको तयारीका लागि श्रीलंकाले ठूलो मात्रामा खर्च गरिरहेको छ । आइतबार बिहान करुनारत्नेले जाँड रक्सी खाएर सवारी चलाउँदा बोरेल्ला ९कोलम्बो नजिक० मा तीन पाङ्ग्रेमा ठोकिएका थिए । तीन पाङ्ग्रे सवारीका चालक भने सामान्य घाइते भएका छन् ।

घटनापछि करुनारत्ने पक्राउ परेका थिए । उनी धरौटीमा रिहा भए पनि उनको सवारी चालक अनुमति पत्र भने निलम्बन गरिएको छ । यो घटनाप्रति करुणारत्नेले भने सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया