बीजेपीलाई भोट नदिन ६५० भन्दा बढी थिएटर कलाकारको अपिल

 चैत २३, २०७५ शनिबार ८:४७:३३ | एजेन्सी
unn.prixa.net

भारतमा आम चुनावको मुखैमा ६५० भन्दा बढी थिएटर कलाकारले भारतीय जनता पार्टी(बीजेपी) र उसको सहयोगी दललाई भोट नहाल्न अपिल गरेका छन् । 

गएको बिहीबार थिएटर प्राक्टिसनर्स अफ् इन्डियाका ब्यानरमा कलाकारले बीजेपी र उसको सहयोगी दललाई भोट नदिन अपिल गरेका हुन् । उनीहरुले लोकतन्त्रको रक्षा, प्रेम तथा सौहार्दताका लागि भोट हाल्न पनि अपिल गरेका छन् । 

संयुक्त बयान सार्वजनिक गर्नेमा बलिउडका केही चर्चित हस्ती पनि रहेका छन् । नसीरुद्दीन शाह, रत्ना पाठक शाह, अनुराग कश्यप, कोंकणा सेन शर्मा, लिलेट दुबे तथा माव कौल पनि रहेका छन् ।

थिएटर कलाकारको अपिलभन्दा पहिले झण्डै एक सय चलचित्रकर्मीले एउटा पत्रमा हस्ताक्षर गर्दै बीजेपीलाई भोट नदिन अपिल गरिएको थियो ।

कलाकारको अपिलमा भनिएको छ, ‘नागरिकले प्रेम, समानता तथा सामाजिक न्यायका लागि भोट दिनुपर्छ । जसले नागरिकको दैनिकी सहज होस् र घृणाको राजनीति समाप्त होस् ।’ उनीहरुले बीजेपीले गुण्डागर्दीलाई खुला छुट दिएको र घृणा र हिंसाको राजनीति फैलाएको आरोप पनि लगाएका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया