पाँचथर गोल्डकप: डिफेन्डिङ च्यान्पियन झापा बाहिरियो, दार्जीलिङ युनाइटेड सेमिफाइनलमा

 चैत २६, २०७५ मंगलबार १९:७:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - फिदिममा जारी तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन विर्तामोड युनाइटेड झापा, प्रतियोगिताबाट बाहिरिएको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा मंगलबार भएको क्वार्टरफाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतसँग ३–२ गोल अन्तरले पराजित भएपछि झापा बाहिरिएको हो । झापा पाँचथर गोल्डकपको पहिलो र दोस्रो संस्करणको च्याम्पियन हो।

पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा फर्कने प्रयास गरे पनि इन्जुरी समयमा सम्हालिन नसक्दा झापा पराजित भयो । खेलको १९ औँ मिनेटमा दार्जिलिङका सत्यम शर्माले प्रहार गरेका  कर्नर प्रहार किलीयर गर्न खोज्दा झापाका दिलन लोक्तानले आफनै पोष्टमा आत्मााघाती गोल गरे ।

यस्तै २७ औँ मिनेटमा दार्जिलिङका करण राईले गोल गर्दै टिमलाई २–० को स्थितिमा पुर्‍याए । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेकाे झापाको तर्फबाट ८० औँ मिनेटमा दिलन लोक्तानले एक गोल गरे ।

यस्तै ७९ औँ मिनेटमा विशाल राईले बराबरी गोल गरे । त्यसपछि इन्जुरी समयमा दार्जीलिङका करण राईले विजयी गोल गर्दै टिमलाई सेमिफाइनल पुर्‍याए ।

दार्जीलिङका करण राई खेलको म्यान अफ द म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबार विजय युथ क्लब हेटौँडा र जावलाखेल युथ क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद चार लाख तथा उपविजेता हुने टिमले नगद नगद २ लाख पाउने आयोजक पाँचथर क्लबले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया