उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन

 चैत २७, २०७५ बुधबार १०:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलबार राति भारतको चेन्नईमा ६७ वर्षको उमेरमा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ ।

उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका हुन्  । २ दर्जन बढी उद्योगको नेतृत्व गरेका उनको  नेपालमा औद्योगिक क्षेत्रमा ठूलो लगानी थियो । उनका हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापातालगायतका ठूलो लगानीमा उद्योग संचालित छन् । 

विराटनगरमा लामो समय बसेका गोल्छा पछिल्लो समय काठमाण्डौको शंखमुलमा बस्दै आएका थिए । गोल्छाको निधनले आधुनिक औद्योगिक क्रान्तिमा ठूलो क्षति भएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउनुभयो । ‘दिवाकर गोल्छाको निधनसँगै औद्योगिक क्षेत्रले असल अभिभावक गुमाउनु परेको छ ।' उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले भन्नुभयो ‘औद्योगिकरणका लागि गोल्छाको योगदान अतुलनीय थियो ।’ 

गम्भीर बिरामी भएका गोल्छाको ‘किड्नी ट्रान्सप्लान्ट’ गरेको दुई सातापछि निधन भएको हो ।

उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनको शव काठमाण्डौ ल्याई पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया