ट्युनिसियाले पानामालाई हरायो

 असार १५, २०७५ शुक्रबार ७:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

 समूह चरण अन्तर्गत विहीबार भएको खेलमा ट्युनिसियाले पानामालाई २–१ गोलले हराएको छ । दुवै टोली विश्वकपबाट बाहिरिइसकेको छ ।
 
यासिन मेरिहाको उपहार गोलमार्फत रुसको मोर्डोभिया रंगशालामा पानामाले अग्रता लिएको थियो । पानामाको प्रहार क्लियर गर्ने क्रममा मेरिहाले आफ्नै पोष्टमा गोल गरेका थिए ।


 
पहिलो हाफमा एक गोलले पछि परेको ट्युनिसियाले दोस्रो हाफमा २ गोल गरेको थियो । ५१औं मिनेटमा बेन युसुफले बराबरी गोल फर्काउँदा ६६औं मिनेटमा वाहवी खाज्रीले विजयी गोल गरेका थिए ।
 
विश्वकपको नवप्रवेशी टोली पानामा भने तीनै खेलमा पराजित हुन पुग्यो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया