गण्डकीलाई ३१ रनमै अलआउट गरेकाे काेशीकाे पहिलाे जीत
चैत ३, २०८१ आइतबार
रमेश गिरी - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीको लागि माफी नदिइने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको तेश्रो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेगरी भएकाे गल्तीमा माफी नमिल्ने बताउनुभएको हो ।
एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बारेमा उहाँले परीक्षाका विषयलाई गोप्य राख्नु पर्नेमा यसो हुन नसकेको भन्दै गोप्यता भंग गर्ने र गल्ती गर्ने कारबाहीको भागीदार हुने बताउनुभयो ।
छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिने उहाँले बताउनुभयाे
मन्त्री पोखरेलले भन्नुभयो, ‘एसईईको नतिजाको त्रुटीमा प्राबिधिक गल्ती भनेर पन्छिन पाइँदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुनेगरी कुनै पनि काम गर्न पाइँदैन।’
उहाँले आगामी दिनमा यस्ता गल्ती नगर्न बोर्डलाइ सचेत पनि गराउनुभयाे
मन्त्री पोखरेलले घोकन्ते शैलीको पढाई अब काम नलाग्ने भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बराल, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, शिक्षा विभागका महानिर्देश बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण काप्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।