ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा– गएको चैत ३० गते शनिबारदेखि ओखलढुंगा सदरमुकाममा प्रथम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव चलिरहेको छ । वैशाख १० गतेसम्म चल्ने महोत्सवमा १ सय ५० स्टलमा स्थानीय उत्पादन बिक्रीका लागि राखिएका छन् ।
महोत्सवमा हरेक दिन आठदेखि १० हजारले अवलोकन गर्ने गरेको आयोजक संस्था उद्योग वाणिज्य संघका कार्यकारी सचिव नवराज दाहालले बताउनुभयो । महोत्सवमा सस्तोमा किनमेल, पिङ, रेल चढ्ने, भित्तामा मोटरसाइकल कुदाउनेलगायतका मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् । तर, अधिकांशको आकर्षण भने महोत्सव स्थलमा राखिएका दुई ओटा ‘बोयर बोका’ रहेका छन् ।
खिजीदेम्बा गाउँपालिका–७ रावादोलुका किसान मानबहादुर खड्काले पाल्नुभएको बोयर बोका महोत्सवको मुख्य आकर्षण बनेको छ । १ सय ५० केजी र १ सय ३० केजी तौलका बोका महोत्सव अवधिभर प्रर्दशनमा राखिने छ । हरेक व्यक्तिले आएर बोकाबारे जानकारी लिने गरेको खड्काले बताउनुभयो ।
बाख्रा पालनबारे अगुवा किसान खड्काले महोत्सवमा आउने किसानहरुलाई जानकारी गराउँदै आउनुभएको छ । उहाँले भन्नुभयो– ‘मैले किसान साथीहरुलाई बाख्रा पालन र बोयरका बारेमा बताउने गरेको छु ।’
सदरमुकाम ओखलढुंगामा पहिलोपटक आयोजना गरिएको महोत्सवमा दैनिक ५० लाखदेखि एक करोडसम्म कारोबार हुने गरेको आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।