खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकता विवादबारे केन्द्र सरकारले इमानदारीपूर्वक छिट्टै निर्णय लिनुपर्ने बताएको छ ।
राहुल गान्धीको नागरिकताका विषयमा दर्ता भएको एउटा रिटमाथि सुनुवाइ गर्दै अदालतले कांग्रेस अध्यक्ष गान्धीको नागरिकताको सत्यतथ्यबारे सरकार इमानदार भएर निर्णय गर्नुपर्ने बताएको हो ।
रिटमा राहुल गान्धीले बेलायती नागरिक लिएकाले कानुनी हिसाबले भारतीय नागरिक नभएको आरोप लगाइएको थियो । यस विषयमा न्यायाधीशद्वय देवेन्द्रकुमार अरोडा र मनीष माथुरको संयुक्त इजलासले केन्द्र सरकारलाई चाँडै नै निर्णय गर्न निर्देशन दिएको छ ।
भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि बेलायती नागरिकता लिएको आरोप लगाइए पनि उनले भने यसलाई अफवाह फैलाइएको भन्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।