खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
च्याम्पिन्स लिगकाे क्वार्टरफाइनलबाट बाहिरिएपछि सबैभन्दा धेरै दबाब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेमाथि परेकाे छ ।
९९ मिलियन पाउण्डमा रियलबाट युभेन्टस गएका राेनाल्डाेले क्लबलाई सेमिफाइनलमा पुर्याउन नसकेकाे भन्दै उनकाे आलाेचना भैरहेकाे छ । इटालियन सञ्चार माध्यममा पनि उनीमाथि उनकाे खेललाई लिएर बहस हुन थालेकाे छ। इटालियन एक पत्रिकाले राेनाल्डाेले चाँडै क्लब छाेड्ने बताएकाे छ ।
इटालियन पत्रिका ला रिपब्लिकाले रोनाल्डो अर्को सिजन अगाडि नै क्लब छाेड्न सक्ने बताएकाे छ । उनकाे सम्झाैता क्लबमा २०२२ सम्मका लागि रहे पनि उनले त्याे सम्झाैता अगाडि नै छाेड्ने त्याे पत्रिकाकाे दाबी छ ।
युभेन्टसले पनि राेनाल्डाेलाई च्याम्पियन्स लिगकाे उपाधि जित्ने लक्ष्यसहित क्लबमा अनुबन्ध गरेकाे बताउँदै पत्रिकाले अब क्लबले उनकै लेभलकाे खेलाडी खाेज्ने तयारी गरेकाे समेत बताएकाे छ । पत्रिकाले राेनाल्डाे आफै पनि युभेन्टसमा बस्न इच्छुक नभएकाे बताएकाे छ।
पाँच पटकका बलाेन डी ओर अवार्ड विजेता राेनाल्डाेले रियल मड्रिडलाई च्याम्पियन्स लिगकाे उपाधि चार पटक दिलाएका थिए । याे सिजनमा पनि उनले युभेन्टसका लागि महत्वपूर्ण खेलमा गाेल गरेका थिए । तर आयाक्ससँग क्वाटरफाइनलमा ३-२ ले हारेपछि टिम बाहिरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।