हैदराबाद भर्सेज कोलकाता: को पुग्ला शीर्ष ४ मा ?

 बैशाख ८, २०७६ आइतबार १५:१५:२९ | एजेन्सी
unn.prixa.net

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । सवा ४ बजे सुरु हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र कोलकाता खेल्दैछन् । हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेलमा जित्ने टिम शीर्ष ४ मा उक्लनेछ । 

आजको खेलमा हैदराबाद कोलकाताका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेललाई रोक्ने प्रयासमा हुनेछ । यी दुवै टिमको समान ८/८ अंक छ तर हैदराबादले एक खेल कम खेलेको छ । 

पछिल्लो खेलमा हैदराबादले चेन्नई सुपरकिंग्सलाई ६ विकेटले हराउँदै लगातार तीन खेलकाे हारमा पूर्णविराम लगाएको थियो । कोलकाता भने लगातार चार खेलको हारमा पूर्णविराम लगाउन चाहन्छ । 

आईतबारकाे दाेस्राे खेल चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लाेरबीच हुनेछ । यी दुई टिमबीच भएको पछिल्लो सात भेटमा चेन्नईले मात्र जितेको छ । आजकाे खेल जित्दै बेंग्लोर यो रेकर्ड तोड्न चाहन्छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया