भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका र इटालीको त्रेन्तिनो राज्यको रोभेरेटो नगरपालिकाबीच भगिनी सम्बन्धको थालनी भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र रोभेरेटो नगरपालिकाका मेयर फ्रान्सिस्को भाल्दुगाबीचको द्विपक्षीय भेटघाटमा आपसी हितका लागि प्राविधिक र प्रविधि हस्तान्तरण गर्ने र सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल अघि बढेको हो ।
इटालीको त्रेन्तिनो प्रदेशकी मन्त्री सारा फेरारीसँग मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको द्विपक्षीय भेटघाटले सहयोग साटफेर गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भेटमा इटालीको अवैतनिक महावाणिज्य दूत सविना श्रेष्ठ, मेलम्ची नगरपालिकाका प्रमुख अर्याल र सञ्चार प्रमुख राजेन्द्र अर्यालको सहभागिता रहेकोे थियो ।
भेटघाटमा मेलम्ची नगरपालिकालाई आधुनिक शिक्षा प्रणाली, प्राविधिक शिक्षा प्रणाली, प्राविधिक शिक्षामा सहयोग गर्न फेरारीले तत्परता देखाउनुभएको छ । त्रेन्तिनो राज्यका पर्यटन विभागका प्रमुखले सन् २०१५ को अप्रिलमा गएको भूकम्पमा इटाली सरकारले यथाशक्य सहयोग उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको थियो ।
रोभेरेटो नगरपालिका रैथाने ट्राउट माछा संरक्षणमा निकै अगाडि देखिएकाले नेपालमा र विशेषगरी मेलम्ची नगर क्षेत्रमा त्यसको सम्भाव्यता औँल्याएको र रोभेरेटो नगरले सघाउन तत्पर रहेको भ्रमणमा सहभागी रवीन्द्र अर्यालले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।