पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पूरा भएको छ । तर, हालसम्म घटनामा संलग्न दोषी भने पहिचान हुन सकेका छैन ।
यता, घटनाको ९ महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
निर्मलाको न्यायका लागि आन्दोलन गर्दै आएको नागरिक संघर्ष समितिले मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा हत्याकाण्डको ९ महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको र हत्यारा पहिचान गर्न पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरिएको उल्लेख गरिएको छ ।
यसैगरी, उच्चस्तरीय छानबिन समितिले दोषी देखाइएका व्यक्तिहरुमाथि थप छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ । उता, स्थानीयले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वैद्यले ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्मलाको न्यायका लागि आम नागरिकले उठाएको आवाज जायज भएको बताउँदै घटनाका विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो ।
गएको साउन १० गते साथीको घरमा गृहकार्य गरेर फर्किने क्रममा हराएकी निर्मलाको भोलिपल्ट ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो ।
अनुसन्धानका लागि विभिन्न आयोग गठन भए पनि हालसम्म दोषीको पहिचान हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।