आतंकवादमा संलग्न भएको आरोपमा साउदी अरबमा ३७ जना नागरिकलाई मृत्युदण्डको सजाय

 वैशाख ११, २०७६ बुधबार १२:५९:४९ | एजेन्सी
unn.prixa.net

साउदी अरबले आतंकवादमा संलग्न भएको आरोपमा आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

साउदी अरबको सरकारी सामाचार संस्थाका अनुसार, उनीहरुलाई रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त र शिया अल्पसंख्यकहरुको गढ इस्टर्न प्रान्तमा मृत्युदण्ड दिइने छ । 

साउदी प्रेस एजेन्सीले भनेको छ, ‘आतंकवादी र चरमपन्थी विचारधारा अपनाएको र देशको सुरक्षा अस्थिर बनाउनका लागि आतंकवादी गतिविधिमा संलग्न रहेको अरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय दिइएको हो ।’

एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृत्युदण्डको सजाय दिइसकिएको छ । 

सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई आतंकवाद गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।    

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया