श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजीनामा

 बैशाख १३, २०७६ शुक्रबार १०:३२:१७ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । 

आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान गएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ । 

बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजीनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिएका थिए ।

उनको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ । 

नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजीनामा बुझाउनु भएको छ ।”

श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजीनामाको तयारीमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया