प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ। श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ ।
सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको बीबीसीले उल्लेख गरेको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या संख्या २ सय ५३ जना रहेको छ ।
यसअघि बिहीबार बेलुकासम्ममा ३ सय ६० जनाभन्दा बढीको ज्यान गएको बताइएको थियो । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।
आइतबारको बम आक्रमणको घटनालाई लिएर श्रीलंकाका रक्षा सचिव हेमासिरी फर्नान्डोले बिहीबार पदबाट राजीनामा दिएका छन् । आक्रमणको पूर्वजानकारी भए पनि सुरक्षा मामिला हेर्ने अधिकारीहरुले राजनीतिक नेतृत्वलाई जानकारी नगराएको तथ्य सार्वजनिक भएपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनीहरुलाई पद छोड्न निर्देशन दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।