फ्राइडे रिलिज : ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

 बैशाख १३, २०७६ शुक्रबार ११:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । यस्तै उपत्यकाका विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।

दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ । शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो ।

शुक्रबारदेखि हलिउड चलचित्र ‘एभन्जर्स’ प्रदर्शन भैरहेको छ । यो चलचित्रसँग कुनै पनि नयाँ नेपाली चलचित्र प्रतिस्पर्धा गर्न तयार भएनन् । त्यसै मौकामा चलचित्र छक्का पञ्जा २ ले पुनः चलचित्र रिलिज गराएको छ ।

‘नेपालमा अंग्रेजी चलचित्र नहेर्ने दर्शक धेरै हुनुहुन्छ ।’ निर्माता गिरीले भने  अंग्रेजी चलचित्र नहेर्ने दर्शकका लागि छक्का पञ्जा २ पुनः प्रदर्शन गरिएको हो ।

‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए ।

‘धेरै दर्शकले चलचित्र हेर्नुभएको छैन । उहाँहरुलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागेका हौँ । यस अघि नै चलचित्र हेरिसक्नुभएको दर्शकले पनि केही नयाँपन पाउनु हुनेछ,’ निर्माता गिरीले भने । पुनःप्रदर्शन पश्चात विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भैरहेको छ ।

यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया