कर्णाली प्रिमियर लिगः त्रिभुवन आर्मी विजयी, लालीगुराँसको लगातार दोस्रो हार

 बैशाख १३, २०७६ शुक्रबार १८:३०:५ | मुना हमाल
unn.prixa.net

सुर्खेत- कर्णाली प्रिमियर लिगमा शुक्रबार भएको दाेस्राे खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले ३३ बलमा ४९ रन बनाए । त्यस्तै कुशल मल्लले ४२ र हरिबहादुर चौहानले १९ रन बनाए ।

लालीगुराँस क्रिकेट एकेडेमीका लागि प्रणव शाह, याश कनडिया र तिलक मगरले समान २/२ विकेट लिए । दीपेन योगीले पनि १ विकेट हात पारे । 

एक सय ७७ रनको लक्ष्य पछ्याएको लालीगुराँसले ९ विकेट गुमाएर  १ सय १८ रन मात्र बनाउन सक्यो । लालीगुराँसका लागि विवेक राजपुतले २७ र प्रणव शाहले २० रनको योगदान दिए । 

आर्मीका लागि जीतेन्द्र मुखिया, हरि चौहान र भीम सार्कीले समान २/२ विकेट लिए । कुशल मल्लले पनि १ विकेट लिए र आर्मीले आठ जना खेलाडीबाट बलिङ गराएको थियो । 

यो सँगै लालीगुराँस क्रिकेट एकेडेमीले लगातार दोस्रो हार बेहोरेको छ । आर्मीका कुशल मल्ल खेलको 'म्यान अफ द म्याच' घोषित भए । 
 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया