सामाजिक सञ्जालमा रेफ्रीलाई अभद्र गाली गरेपछि नेयमारलाई तीन खेलकाे प्रतिबन्ध

 वैशाख १४, २०७६ शनिबार ७:०:१ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जालमा फुटबल रेफ्री र अफिसियलकाे बेइज्जत गरेपछि पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लगाइएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा ब्राजिलियन रेफ्री दामीर स्कोमिनाले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले दिएको अन्तिम समयको पेनाल्टीमा नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको हो । 

त्बेयसला उनी पैतालाको शल्यक्रियाबाट निको हुँदै थिए र मैदानबाहिर बसेर खेल हेरिरहेका थिए । जुन खेलमा युनाइटेडले दुई-शून्यले पछि परेको अवस्थामा ऐतिहासिक कमब्याक गरेको थियो ।

उनले अब अर्को सिजनको समूह चरणका सुरुवाति तीन खेल गुमाउने भएका छन । उनले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै होइन भनेर भनेका थिए । 

२७ वर्षे नेयमारले यसका साथै आफ्नो सामाजिक सञ्जालमा चार व्यक्ति जसलाई फुटबलको बारेमा केही थाहा छैन, टेलिभिजनमा स्लोमोसन रिप्ले हेरेर डिसिजन गर्छन् भन्दै लेखेका थिए । 

विश्वकै महंगो खेलाडी बन्दै बार्सिलोनाबाट पीएसजी गएका नेयमार तीन महिनापछि आइतबार मोनाकोविरुद्धको खेलमा कमब्याक गरेका थिए । त्यस खेलमा पीएसजीले खेल जित्दै उपाधि पनि जितेको थियो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया