श्रीलंकामा सुरक्षाकर्मी र 'संदिग्ध' विद्रोहीबीच झडप : १५ जनाको ज्यान गयो

 वैशाख १४, २०७६ शनिबार ११:२२:२९ | एजेन्सी
unn.prixa.net

श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र 'संदिग्ध' विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको  ज्यान गएको छ । शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन् । विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।   

यसअघि गएको आइतबार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका थिए । सिलसिलाबद्ध बम विस्फोटको ६ दिनपछि सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको हो । 

गएको आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । विद्राेही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो । 

जब सुरक्षाकर्मी विद्राेही समूहका लडाकु लुकेर बसेको घरमा पसे,  घरभित्रबाट फायरिङ भयो । प्रहरीका अनुसार एक आत्मघाती लडाकुले विस्फोट गराएका हुन् ।

छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ । 

यसैबीच श्रीलंकाको क्याथोलिक चर्चले आइतबार हुने प्राथना अनिश्चितकालको लागि बन्द गरेको बीबीसीले जनाएको छ । फेरि पनि आक्रमणको चेतावनी आएकाले अनिश्चितकालको लागि प्राथना स्थगित गरिएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया