प्रतिबन्धित औषधि सेवन गरेकाे आरोपमा क्रिकेटर एलेक्स हेल्समाथि २१ दिनको प्रतिबन्ध

 वैशाख १४, २०७६ शनिबार २०:३१:३० | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले एलेक्स हेल्सलाई प्रतिबन्धित औषधि सेवन गरेको भन्दै दोषी ठहर्‍याएको छ । 

ईसीबीले हेल्सलाई कुनै पनि क्रिकेट म्याच खेल्न नपाउने गरी २१ दिनको प्रतिबन्ध लगाएको छ । हेल्स गएको हप्ता इंग्ल्याण्डको १५ सदस्यीय विश्वकप टीमको लागि चुनिएका थिए । एलेक्सले ७ दिन अगाडि व्यक्तिगत कारण देखाउँदै काउण्टी टिम नाटिंघमशायरको लागि यो सिजनमा खेल्न असमर्थता जनाएका थिए ।

गार्जियन पत्रिकाका अनुसार दास्रो पटक पनि ड्रग टेस्टमा असफल भएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

विश्वकपको तयारीमा लागेको इंग्ल्याण्डको लागि यो एकदमै ठूलो झट्का मानिएको छ । विश्वकपको लागि इंग्ल्याण्ड क्रिकेट टिमको क्याम्प सुरु हुन लागिसकेको छ । प्रतिबन्ध लागेका कारण हेल्सले २१ दिनसम्म क्रिकेट खेल्न पाउने छैनन् । 

यस विषयमा इंग्ल्याण्ड क्रिकेटका पूर्व कप्तान माइकल वानले ट्वीट गर्दै आक्रोश पोखेका छन् । उनले हिल्सलाई विश्वकप टिमबाटै हटाउनुपर्ने बताएका छन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया