कर्णाली प्रिमियर लिगः शनिबारकाे खेलमा कर्णाली–११ र एपीएफ विजयी

 बैशाख १४, २०७६ शनिबार १८:५७:४४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रिमियर लिग (केपीएल) मा शनिबार भएकाे खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले हिमालयन क्रिकेट क्लबलाई ८४ रनले पराजित गरेको छ ।

विरेन्द्रनगरमा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । जसमा अनिल शाहले १५ चौका र ३ छक्काकाे मदतले एक सय २ रन बनाए । शरद भेषवाकरले ५१ रन, शंकर रानाले १३ र प्रदिप एरीले १२ रन बनाए । 

१ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट क्बलले १९ दशमलब २ ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो ।  

यस्तै शनिबार नै भएको पहिलो खेलमा कर्णाली–११ ले दोस्रो जित हात पारेको छ । खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले हराउँदै विजयी भएको हो । प्रतियोगिताको पहिलो दिन भएको खेलमा कर्णाली–११ ले लालिगुराँस क्लबलाई ८ विकेटले हराएको थियो । 

२१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले दुई लाख पाउनेछन् । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०-२० हजार रुपैयाँ पाउने छन् । 

यस्तै फाइनल खेलमा एकजना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया