श्रीलंका विस्फाेट : अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध

 वैशाख १६, २०७६ सोमबार १२:२:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । 

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए । सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुने असर गर्ने छैन । 

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन् । 

‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ ।’ प्रधानमन्त्री सिरिसेनाले भनेका छन् । तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन् । 

'इस्टर' को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ । राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया