आउट भएपछि स्टम्पमा ब्याटले हानेका राेहित शर्मालाई जरिबाना

 वैशाख १६, २०७६ सोमबार १६:३:४२ | एजेन्सी
unn.prixa.net

मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मामाथि खेलभावनाविपरीत अनुचित व्यवहारका लागि जरिबाना लगाइएको छ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको कोलकाताविरुद्धको खेलमा आउट भ पछि रोहितले अम्पायरको निर्णयको विरोध जनाउँदै स्टम्पमा ब्याट्ले हानेका थिए । 

रोहितको यो व्यवहारलाई इण्डियन प्रिमियर लिगको आचारसंहिता उल्लंघन मान्दै उनीमाथि खेलको शुल्कको १५ प्रतिशत जरिबाना लगाइएको हो । 

आइतबार भएको खेलमा मुम्बईले कोलकातासँग ३४ रनको हार बेहोरेको थियो भने कोलकत्ताले लगातार ६ खेलको हारलाई तोड्न सफल भएको छ । 

कोलकाताले पहिले ब्याटिङ गर्दै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो । २ सय ३३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभर खेल्दै १ सय ९८ रनमात्र बनाउन सक्यो । 

यो खेलमा रोहित ह्यारी गुर्नेको बलमा एलबीडब्ल्यू आउट भएका थिए । रोहितले अम्पाएरको निर्णयलाई नकार्दै डीआरएस लिएका थिए र थर्ड अम्पायरले पनि उनलाई आउट नै दिए । अम्पायरको निर्णयबाट असन्तुष्ट भएका रोहितले मैदान छोड्नुपूर्व नन स्ट्राइकको स्टम्पमा ब्याटले हानेका थिए ।   
 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया