श्रीलङ्कामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

 वैशाख १८, २०७६ बुधबार ८:५०:५७ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।

अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चारजना र डेनमार्कको तीनजना रहेका छन् । 

त्यसैगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले यो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले यो आक्रमणमा परी ज्यान गुमाएका छन् । अन्यको अझै पहिचान खुलेको छैन ।

यसअघि श्रीलङ्कामा भएको आक्रमणमा परी ४० विदेशी नागरिक मारिएको उल्लेख गरिएको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया