भेनेजुएलाका विपक्षी नेता ग्वाइदोमाथि सत्ता हत्याउन खोजेको आरोप

 वैशाख १८, २०७६ बुधबार १३:३७:१६ | एजेन्सी
unn.prixa.net

भेनेजुएलामा विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति निकोलस मदुरोको विरुद्ध एक पटक पुनः मोर्चाको आह्वान गरेका छन् । उनले राष्ट्रपति मदुरोलाई हटाउनका लागि निर्णायक कारबाहीको अपिल गरेपछि हजारौंको संख्यामा सर्वसाधारणहरु सडकमा उत्रिएका छन् । 

राजधानी कराकसमा एक सैन्य क्याम्पको बाहिर ग्वाइदो समर्थक र सुरक्षाकर्मीबीच झडप पनि भएको छ । ग्वाइदोले मदुरोलाई हटाउन सेनासँ सहयोग मागेका छन् । 

तर राष्ट्रपति मदुरोको बफादार सुरक्षाबलले निकै चातुर्यका साथ महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा लिएको छ । 

सैनिकहरुले प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास पनि बर्साएका छन् । केही खबरका अनुसार, प्रदर्शनकारीहरुमाथि ज्यानै जाने गरी गोली चलाउँदा पनि उनीहरु हार मान्न तयार छैनन् । 

भेनेजुएलाका सेना प्रमुख भ्लादिमिर पड्रिनोले सेना राष्ट्रपति मदुरोको साथ रहेको जनाएका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने, ‘सेनाले नागरिकमाथि बल प्रयोग गर्‍यो भने त्यो निकै ठूलो गल्ती हुनेछ ।’

रुस र टर्कीले पनि ग्वाइदोमाथि आरोप लगाउँदै उनले भेनेजुएलामा हिंसालाई बढवा दिने काम गरिरहेको बताएको छ । बोलिभिया र क्युबाजस्ता ल्याटिन अमेरिकी देशले पनि ग्वाइदोको आलोचना गरेका छन् । ग्वाइदोले विदेशी हितको लागि सत्ता पल्टाउने कोसिस गरिरहेको बताएका छन् । 
 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया